८ वैशाख २०८१ शनिबार
राजनीति

माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। 

आजै नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको लागि आउँदो वैशाख २७ गते संसद बोलाइसकेको अवस्था छ। त्यसअघिनै देउवालाई अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध नेपाल समूहले सामूहिक राजीनामा दिने चर्चा चलिरहेका बेला उक्त भेटलाई अर्थ पूर्ण रुपले हेरिएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App