२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादीले जसपालाई पर्खने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीको निर्णय कुर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुर्ने निर्णय गरेको हो। 

बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘अविश्वास प्रस्ताव ल्याउने विषयमा हाम्रो पार्टी त तयारै छ कांग्रेसले पनि सहमति जनाएको छ, यो अवस्थामामा जसपाको पनि निर्णय कुर्नु पर्ने भएको छ यो निर्णय अब लम्बिनु हुँदैन,’ माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भने। उनले यो प्रक्रियाका लागि जसपाको साथ आवश्यक रहेको छ।  

पार्टीको बैठक सकिएपछि जसपाको निर्णयको पर्खाइमा रहेको उनको भनाइ थियो। कांग्रेससँग अविश्वासको प्रस्ताव ल्याउन विषयमा सहमति भइसकेको बताउदै जसपाले पनि चाडै नै निर्णय गर्ने अपेक्षा गरे। यसअघि माओवादी केन्द्रको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्ने विषयमा निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई अधिकार प्रत्यायोजन गरिएको थियो।

प्रकाशित: १५ वैशाख २०७८ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App