२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अबको सरकार एमालेकै, कांग्रेस, जसपा र माओवादी केन्द्रको समिकरण हुनै सक्दैन : पृथ्वीसुब्बा गुरुङ

फाइल तस्बिर।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्माणका लागि नेकपा (एमाले) सँग थुप्रै विकल्प रहेको बताएका छन्। पोखरा महानगरको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाउने बताए।

‘नेकपा एमालेसँग अब सम्भावना नै सम्भावना छ। प्रचण्डको समर्थनमा प्रधानमन्त्री बन्ने केपी ओली। शेरबहादुरको समर्थनमा प्रधानमन्त्री बन्ने केपी ओली। जसपाबाट महन्थ ठाकुर र बाबुराम भट्टराईको समर्थनबाट पनि प्रधानमन्त्री बन्ने केपी ओली,’ उनले भने,‘यी ३ वटा विकल्प कार्यान्वयन नभए के हुन्छ? नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ३ वटै मिल्नुपर्छ। र, यी ३ पार्टी मिल्नु भनेको घाम र जुन मिल्ने जस्तै हो, धेरै कठिन कुरा हो।’

एमालेका सचिव समेत रहेका मुख्यमन्त्री गुरुङले संसद्मा सबैभन्दा ठूलो दल आफूहरुको भएकाले एमालेले मात्र सरकार बनाउन सक्ने बताए। ‘१ सय २१ सिट जुन हामीले हासिल गरेका छौं, यसले पनि फेरि सरकारको नेतृत्व गर्ने हैसियत एमालेकै हो। कांग्रेस, जसपा, माओवादी केन्द्र जोसँग मिले पनि एमालेको ३ विकल्प छन्। चौथो ३ पार्टी मिल्नु भनेको घाम र जुनजस्तै असम्भव कुरा हो,’ उनले भने, ‘कांग्रेस र मधेसवादी दलको बेस एउटै भएकाले सँगै मिलेर जाने कुरा निकै गाह्रो चिज हो। उनीहरुलाई हामी नै रुचिपूर्ण हो।’

प्रकाशित: २६ फाल्गुन २०७७ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App