८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँगको छलफलका लागि थप समय माग्यो

फाइल तस्बिरः नागरिक

निर्वाचन आयोगले आज (शुक्रबार) का लागि तय गरेको छलफलको मिति सार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ। पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले आजको छलफलमा उपस्थित हुन नसकेकाले अर्काे मिति तय गर्न आग्रह गरेको हो।

निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर, दाहाल–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्।  दाहाल–नेपाल समूहले छलफलका लागि अर्को मिति तय गर्न आग्रह गरेको छ।

पार्टीका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहने भएकाले आजको छलफलमा सहभागी हुन नसकेको उल्लेख छ। पत्रमा आयोगले बोलाएको छलफलमा अध्यक्षद्वय आफैं सहभागी हुन चाहेको पनि उल्लेख छ।

ओली समूहका नेताहरु भने छलफलमा सहभागी भएका छन्। उनीहरुले निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका छन्।

प्रकाशित: १६ माघ २०७७ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App