१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटन गरेर चुनावमा जाने निर्णय प्रधानमन्त्रीको ऐतिहासिक कदम हो : ईश्वर पोखरेल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट ऐतिहासिक कदम चालिएको दाबी गरेका छन्। ओली पक्षीय काठमाडौं जिल्ला कमिटीले शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले संसद विघटन गरेर चुनावमा जाने निर्णय प्रधानमन्त्री ओलीको ऐतिहासिक निर्णय भएको बताएका हुन्।

उनले चुनावबाट नेकपा बलियो भएर जाने समेत दाबी गरे। ‘केही जालान, बबरहमल, माइतिघर तिर हामी यहाँ छौं भनेर जालान,’ उनले भने,‘तर हामी चुनावमा जान्छौं, त्यसबाट नेकपा बलियो भएर जानेछ।

सम्बोधनका क्रममा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अवसरवादी चिन्तन् र माधव कुमार नेपालभित्रको कुण्ठाका कारण पछिल्लो परिस्थिति निर्माण भएको समेत बताएका थिए।

प्रकाशित: १८ पुस २०७७ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App