७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली केहिबेरमा ताप्लेजुङको घुन्सा पुग्दै

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् । ओली अहिले बिहान १० बजे घुन्सा आइपुग्ने कार्यक्रम रहेको घुन्सा फउण्डेसनका अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन् । 

अहिले प्रधानमन्त्री ओलीका सूचना प्रविधि सल्लाहकार अस्कर अलि सहितको टोली भने घुन्सा अवतरण गरिसकेको घुन्सामा रहेका पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाकले जानकारी दिए । ओलीका साथ संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेशका मुख्यमन्त्री शेरभन राइ लगातको टोली घुन्सा आउन लागेको हो । 

प्रधानमन्त्री ओलीले घुन्सा फउण्डेसनद्धारा सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसंगै आउन लागेका युवा संघका केन्द्रीय नेता क्षितिज थेबेका अनुसार बिहानको खानाको व्यवस्था पनि घुन्सामै रहेको छ । घुन्साको कार्यक्रममा प्रधानमन्त्री ओली,पर्यटनमन्त्री भट्टराइ र १ नं प्रदेश प्रमुख राइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा ओलीलाइ फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वमा रहेको स्थानीय टोलीले स्वातग गर्ने कार्यक्रम रहेको घुन्सा फउण्डेसनले जनाएको छ । त्यसपछि उनी ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र,सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ । हिउँको समस्याका कारण प्रधानमन्त्री ओलीले सीमाक्षेत्र र बिओपी केन्द्रको हवाइ निरीक्षण गर्ने सम्भावना रहेको थेबेले जानकारी दिए । ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली सहितको टोली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित: ८ मंसिर २०७७ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App