२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बनारसमा नेपालीमाथि दुर्व्यवहार, मुख्यमन्त्री योगीको कारबाही गर्ने प्रतिवद्धता

भारतको बनारसमा एक नेपालीमाथि भएको दुव्यर्वहार प्रति नेपाली राजदूतावास, नयाँ दिल्लीले चासो देखाएको छ। विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बनारसमा एक नेपालीको केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिको विषयमा उनीहरुले दुव्यर्वहार गरेका हुन्। उनलाई नेपालविरुद्ध नारा लगाउन समेत लगाएका थिए। दुव्यर्वहारको भिडियो उनीहरुले नै फेसवुकमार्फत सार्वजनिक गरेका थिए।  

घटनाको विषयलाई लिएर नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुराकानी गरेका छन्। आचार्यसँगको टेलिफोन संवादमा मुख्यमन्त्रीले घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन्।

भारतीय संचारमाध्यमका अनुसार विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकका विरुद्ध बनारस प्रहरीले एफआईआर दर्ता गरेको छ।  

 

 

 

प्रकाशित: २ श्रावण २०७७ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App