२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निष्कर्ष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिर अंगिकृत नागरिकता दिनेुपर्ने निष्कर्ष निकालेको छ । शनिवार विहान बसेको सचिवालय बैठकले सो विषयमा छलफल गर्दै नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि अंगिकृत नागरिकता दिन सुझाव दिएको हो ।

 ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताबारे छलफल गरेर निष्कर्ष निकालिएको छ। जसअनुसार, त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपयुक्त हुन्छ,’सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

प्रकाशित: ६ असार २०७७ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App