२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा सचिवालयमा एमसीसीबारे अर्थमन्त्रीको जवाफ

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ।  शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एमसीसी अन्तर्गतका काम राक्ने समझदारी बनेको बताए। उनले भने, ‘अनुमोदन नभएको अवस्थामा एमसीसी अन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ।’ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उनले बताए।  

बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्रीले सचिवालयमा स्पष्ट पारेका छन्। प्रधानमन्त्रीले संसदमा जानकारी गराएको अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडि बढ्ने बताए। प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिनेछन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो। रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन्।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App