६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्री भट्टराईको नेतृत्वलाई सुझाव : सम्वादबाट सहमति खोज

ताप्लेजुङ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले पार्टीभित्र देखिएको बिवाद सम्वादबाट समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमा आफ्नो बिचार पोष्ट गर्दै उनले छरपष्ट भएको छलफल सचिवालय बैठकमार्फत घरमा प्रबेश गरेको भन्दै पछिल्लो बिवादको समाधान सम्वादबाट मात्र सम्भव हुने उल्लेख गरेका छन् ।

उनले सचिवालय बैठकमार्फत घरमा प्रबेश पाएको आन्तरिक छलफललाई त्यहाँबाट बाहिर ननिकाल्न र त्यतैतिरबाट समाधान गर्न आग्रह गरेका छन् । ‘बजार पसल बन्द भएको बेला पसल–पसल नडुलौं’उनले पक्ष–पक्ष बसेर गरिएका र गरिने छलफल प्रति कटाक्षा समेत गरेका छन् । भट्टराई २०७४ सालको निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसद हुन् ।

प्रकाशित: १८ वैशाख २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App