७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्रीको आलोचना गरेपछि …(अडियो सहित)

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रयोग गरेको भाषा र विचारप्रति रेडियो नेपालले माफि मागेको छ। अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

रेडियो नेपालको विहानी कार्यक्रम 'अन्तरसंवादमा' आज डा. भट्टराईको अन्तर्वार्ता प्रशारण गरेको थियो।

रेडियो नेपालका कार्यकारी निर्देशक सरेशकुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’।
आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।  भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले अन्तर्वार्ता लिएका थिए।

अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App