७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

भारतीय पूर्वसांसद त्रिपाठीको निधन

काठमाडौ – भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ। त्रिपाठी नेपालसँग निकट नेताका रूपमा परिचित रहेका थिए। सन् १९७२ मा विद्यार्थी नेता भएदेखि नै नेपालसँग जोडिएका उनी नेपालको प्रजातान्त्रीक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्रिपाठीलाई नजिकबाट चिन्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेढ वर्ष अघी दिल्लीस्थित त्रिपाठी निवासमा भएको कुराकानी स्मरण गर्दै भने, ‘उहाँले हामीसँगको भेटमा नेपालमा प्रजातन्त्र गुम्छ कि भन्नेबारे चिन्ता व्यक्त गर्नुभएको थियो।’ भारत भ्रमणका क्रममा आफूलाई निमन्त्रणा गरेर त्रिपाठीले नेपालको प्रजातन्त्रलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे छलफल गरेको कोइरालाले बताए।

त्रिपाठीको निधनले भारतलाई मात्र नभएर नेपालका लागि पनि ठूलो क्षति भएको कोइराला बताउँछन्। सन् १९९० मा नेपालमा भएको आन्दोलनका क्रममा त्रिपाठी तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको प्रतिनिधिका रूपमा काठमाडौं आएका थिए। नेपालमा २०६२/०६३ को जनआन्दोलन चलिरहेका बेला पनि उनको भूमिका महत्चवपूर्ण रहेको बताइन्छ। सन् २०१५ मा भारतीय संसदमा बोल्दै त्रिपाठीले नेपालमा गएको शक्तिशाली भूकम्पले मानविय संकट उत्पन्न भइरहेका बेला भारतले नाकाबन्दी लगाएको भन्दै यसको चर्काे आलोचना गरेका थिए।

प्रकाशित: १८ पुस २०७६ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App