सिन्धुपाल्चोक - प्रदेश तीन सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटना स्थलमा पुगेका छन्। हेलिकप्टर लिएर घटनास्थल पुगेका मन्त्री दुलाले घाइतेको उद्धारमा कुनै कमी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले अस्पतालमा पुगेर घाइतेकाे अवस्था समेत बुझेका छन्।
आर्मीको एमआई १७ हेलिकप्टर लिएर उनी दुर्घटनास्थल पुगेका हुन्। दुलाल त्यसै क्षेत्रबाट निर्वाचित सांसद हुन्। इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेर काठमाडौंका लागि छुटेको बस दुर्घटनामा दश जनाको मृत्यु भएको छ। मृतक दशमध्ये पाँच जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन।
प्रकाशित: २४ आश्विन २०७६ ०६:४३ शुक्रबार