८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

खटाएको ठाउँमा नजाने उपसचिव निलम्बित

काठमाडौं – सरकारले सरुवा गरेको ठाउँमा हाजिर हुन नगएको भन्दै रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन्। पटकपटक लिखित पत्राचार र मौखिक निर्देशन दिँदा पनि अटेर गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई दुई महिनाका लागि निलम्बन गरेको हो।

मन्त्रालयले कार्कीलाई जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा सरुवा गरी गौरमा सरोजकुमार लाल दासलाई निमित्तको जिम्मा दिएको थियो। तर कार्कीले मन्त्रालयको निर्णयको अवज्ञा गर्दै गौरमै काम जारी राखेका थिए। ‘तपाईलाईं शैल्य शिखर नगरपालिकामा खटाइएको तर पटकपटक लिखित पत्राचार एवं मौखिक निर्देशन दिँदा पनि बुझबुझारथ गरी हाजिर हुन नगएको पाइएको छ,।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाद्वारा हस्ताक्षरित निलम्बन पत्रमा भनिएको छ, ‘निजामती सेवा ऐन २०४९ को दफा ६४ उपदफा १ बमोजिम सो अभियोगको जाँचबुझ गर्ने प्रयोजनका लागि दुई महिनाका लागि निलम्बन गरिएको छ।’ निलम्बनसँगै प्रमुख प्रशासकीय अधिकृत कार्कीले सम्पादन गरेका काममाथि पनि छानबिन हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App