काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो।
यस अघि कांग्रेस सांसदहरुले प्रतिनिधि सभा बैठकमा समेत कोइरालाद्वयको नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा र सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा स्थापना गर्न लागिएको छ।
राष्ट्रिय सभाको आजको बैठक कांग्रेस सांसद सरिता प्रसाइले अस्पताल खारेज गर्न लागेको भन्दै आपत्ति जनाएकी थिइन्। बैठकमा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको बताएका थिए। बैठक आधा घण्टाको लागि स्थगित भएको छ।
प्रकाशित: ७ माघ २०७५ ०६:४० सोमबार