काठमाडौं– खानेपानी तथा सरसफाईमन्त्री विना मगरको सम्पत्ति विवरणमा स्कुटर र ३ कठ्ठा जमिन देखिएको छ। विवरणअनुसार यो सम्पत्ति दिवंगत श्रीमान प्रकाश दाहाल (स्कुटर र २ कठ्ठा जमिन) र सासु सीता दाहाल (१ कठ्ठा)को नाममा छ।
बुधबार सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरणमा खानेपानीमन्त्री मगरसँग पैतृक सम्पत्ति मात्र रहेको देखिएको छ। उनसँग नगद एक रुपैयाँ नरहेको विवरणले देखाएको छ। एभरेष्ट बैंकमा खाता रहेपनि त्यहाँ नगद जम्मा नभएको उनले उल्लेख गरेकी छिन्।
पैतृक सम्पत्तिमा उनले ५ तोला सुन र १६ तोला चाँदी पनि देखाएकी छिन्।
प्रकाशित: ९ जेष्ठ २०७५ ११:५८ बुधबार