काठमाडौं – सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे।
सांसदहरूको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए। (रासस)
प्रकाशित: ४ जेष्ठ २०७५ ०९:१८ शुक्रबार