२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

भक्तपुरमा मेयरमाथि आक्रमणः विप्लवका जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमणको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ।

मेयर श्रेष्ठमाथि वैशाख ८ गते साँझ निवास छिर्न लाग्दा अज्ञात दुई व्यक्तिले रड प्रहार गरेका थिए। रड प्रहारबाट मेयर श्रेष्ठको दायाँ हात र खुट्टामा चोट लागेको थियो भने गाडीमा समेत तोडफोड भएको थियो। 

महानगरीय प्रहरी अपराध महाशाखाले घटना भएको ३ हप्तापछि संलग्न भएको आरोपमा विप्लव समूहका भक्तपुर इन्चार्ज कुशल बोगटीलाई मंगलबार साँझ बागबजारबाट नियन्त्रणमा लिएको हो।

महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले मेयर आक्रमण घटनामा विप्लव समूहको संलग्नता देखिएपनि जिल्ला इन्चार्ज बोगटीलाई पक्राउ गरिएको बताए। बोगटीलाई अपराध महाशाखाको हिरासतमा राखिएको छ।

प्रकाशित: १ जेष्ठ २०७५ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App