सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रवार दरबारमार्गमा गर्न लागेको ‘जागरण सभा’का लागि नेता कार्यकर्ता सडकमा ओर्लिने क्रम सुरु भएको छ । यता सवा ११ बजेबाट भद्रकालीबाट कार्यकर्ताले प्रदर्शन सुरु गरिसकेका छन् ।
अराजकताविरुद्ध भन्दै जनता जगाउन एमालेले शुक्रवार काठमाडौंमा एक लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ । पार्टीको आह्वानमा नेता कार्यकर्ता सडकमा ओर्लिने क्रम सुरु भएदेखि नै राजधानीका सडक भने अस्तव्यस्त हुन थालिसकेका छन् ।
अहिले जहाँतहीँ लामा लामा सवारी जाम भइरहेका छन् । प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे भइरहेको छ ।
प्रकाशित: ७ मंसिर २०८१ ११:५० शुक्रबार