६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

'सरकारमा रहेको दलको काम डेलिभर हो, प्रदर्शन होइन'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहेको दलको काम जनप्रदर्शन गर्ने नभइ डेलिभर गर्ने भएको बताएको छ ।

बुधबार बसेको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकारहरूसँग यस्तो बताएका हुन् । "सत्तापक्षले त डेलिभर गर्ने अवसर पाउँछ नि त, सत्तापक्षले त डेलिभर गर्ने हो तर, अहिले के भइराखेको छ भने प्रधानमन्त्रीको पार्टीले चाहिँ सडकमा आएर जनप्रदर्शन गर्ने रे ।"

सत्तारूढ दल नेकपा (एमाले) ले मंसिर ७ गते दरबारमार्गमा जनजागरण सभाको आयोजना गरेको छ, जहाँ एक लाख नेता, कार्यकर्ता र समर्थक उतार्ने घोषणा गरिएको छ । प्रवक्ता झाले यसलाई 'प्रधानमन्त्रीको पार्टीले प्रधानमन्त्रीविरुद्ध नै प्रदर्शन गरेको' रूपमा अर्थ्याउन खोजेका छन् ।

उनले भने, "त्यसोभए यसलाई हामी यसरी बुझौँ कि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीले अहिलेका प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने र त्यसमा स्वयम् केपी शर्मा ओली आफैँ पनि सहभागी हुनुहुनेछ ।"

जनजागरण सभा दरबारमार्गमा आयोजना गरिएकोप्रति पनि रास्वपाले असन्तुष्टि जनाएको छ । दरबारमार्ग काठमाडौंको प्राइम एरिया भएको उल्लेख गर्दै प्रवक्ता झाले एमालेले जनतालाई दु:ख दिन लागेको बताए । "सत्तामा रहेको पार्टी जनताको दैनिकी बिगार्न जाँदैन," प्रवक्ता झाले भने ।

प्रकाशित: ५ मंसिर २०८१ २१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App