मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन्।
हिरासतमा राख्न अदालतबाट लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
अधिकारमाथि जापान भ्रमणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत लगेको आरोप लागेको छ। कात्तिक दोस्रो हप्ता भएको उक्त घटनापछि एमाले प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीविरुद्ध छानबिन भइरहेको हो।
प्रकाशित: ४ मंसिर २०८१ १६:४८ मंगलबार