६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रियुगा १२ को वडा अध्यक्षका लागि ९ र बेलका ९ मा ५ जनाको उम्मेदवारी

मनोनयन दर्तापछि आयोजित कार्यक्रममा एक उम्मेदवार। तस्विरः महेश्वर

यहि १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा उदयपुरका रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म समय तोकिए पनि दिउँसो ३ः३० बजेसम्म धेरैले मनोनयन पत्र दर्ता गरिसकेका छन्।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका १२ मा ९ जना आकाङ्क्षीको उम्मेदवारी परेको छ भने बेलका ९ मा ५ जनाको  उम्मेदवारी परेको छ। त्रियुगा १२ मा प्रमुख दलहरु नेपाली काँग्रेसबाट सञ्जीव काफ्ले, नेकपा (एमाले)बाट लक्ष्मीनारायण चौधरी र नेकपा (माओवादी केन्द्र) बाट नवीनकुमार राईको उम्मेदवारी परेको छ।

त्यसैगरी एकीकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुव पोखरेल, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद सहनीले उम्मेदवारी दिएका छन्। बजगङ्ग कुमार दासले स्वतन्त्रमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी दिलीप थापा मगरले बताए।

यता बेलका ९ मा साढे ३ः०० बजेसम्म ६ जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले बताए। गुप्ताका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रबाट मनोनयन दर्ता गर्नेहरूमा क्रमशः नवराज बस्नेत, मोहन खड्का र भरत घिमिरे छन्।

त्यसैगरी जनता समाजवादी पार्टीका राजकुमार राई, रास्वपाका तेजमान विश्वकमाई, राप्रपा टीकाप्रसाद फुयाँल र नेश्नल मङ्गोल अर्गनाईजेसनका सूर्य तामाङले उम्मेदवारी दिएका छन्।

बाजागाजा र झाँकीसहितको ¥याली लिएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेपछि दलहरूले छुट्टाछुट्टै स्थानीय शनि मन्दिर चोकमा पालैपालो कोणसभा गरी भोट मागेका थिए। 

प्रकाशित: २ मंसिर २०८१ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App