२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रकृति संरक्षण वैज्ञानिक ढंगले गरिनुपर्छः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले वैज्ञानिक ढंगले प्रकृतिको संरक्षण गर्नुपर्ने बताएकी छिन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उपसभामुख रानाले जलवायुजन्य असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धामा परेको बताइन्।

प्रकृति रिसोर्स सेन्टर र क्लाइमेट एण्ड डेभलपमेण्ट डाइलगले काठमाडौंमा एक कार्यक्रमबीच बुझाएको स्थानीय नेतृत्वमा जलवायु अनुकुलन ९लोकल्ली लिड क्लाइमेट एडप्टेशन० विषयगत छैटौं राष्ट्रिय सम्मेलनबाट प्राप्त जलवायु न्याय र सुशासनको लागि बर्दिवास घोषणा पत्र बुझाएको हो।

सो क्रममा उनले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्ने समस्या विकराल बनेको बताइन्। उनले जलवायु परिवर्तनले अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टिका समस्या निम्त्याइरहेको बताइन्। जलवायुजन्य समस्याका कारण नेपाल मात्र नभइ विश्व नै तहसनहस बनेको उल्लेख गर्दै जलवायुजन्य समस्याहरु रोक्नका लागि तत्काल कानून बनाएर कार्यान्वयनमा जानुपर्ने उनले बताइन्। उनले प्राकृतिक विपत्तिलाई कसैले पनि रोक्न नसक्ने तर  क्षति कम गर्न सकिने बताइन्।

उनले भनिन्, ‘बालबालिका, वृद्ध, महिलाहरुको बिजोक छ। डोल्पातिर हेर्ने हो भने पहिला पानी आउने मुहान सुकेका छन्। उनीहरुको गोठ नै सार्नुपरेको छ। अहिले गोठ बनाउन पैसा नभए यहाँ अस्ति प्रोजेक्ट दिन माग गर्दै आउनुभएको थियो। यस्तो समस्या सबैतिर छ। तराईमा डुबानका कुराहरु छन्। विकसित मुलुकमा पनि अहिले स्पेनमा बाढी आएर तहसनहस छ। हामीले जलवायुजन्य समस्याहरु रोक्नका लागि तत्काल कानून बनाएर कार्यान्वयन गर्नुपर्छ। शहर विकास हामीले वैज्ञानिक तरिकाले गर्नुपर्छ। प्राकृतिक विपत्तिलाई हामी कसैले पनि रोक्न सक्दैनौँ। यसलाई हामीले वैज्ञानिक ढंगले संरक्षण गर्नुपर्छ।’

प्रकाशित: २३ कार्तिक २०८१ १७:१८ शुक्रबार