५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

सहकारी ठगी प्रकरणमा प्रारम्भिक कारबाही सुरु: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार प्रारम्भिक कारबाही सुरु भइसकेको जानकारी दिएका छन्।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै मन्त्री गुरुङले सरकारले समितिको प्रतिवेदनअनुसार कारबाही गर्नुपर्ने व्यक्तिहरूलाई पक्राउ गरिसकेको बताए।

उनले मन्त्रालय सम्हालेको १०० दिनमा आफूले १५ वटा जिम्मेवारीमध्ये शतप्रतिशत काम पूरा गरेको दाबी गर्दै, राससलाई २४ घण्टा काम गर्ने गरी पुनः संरचना गरिएको जानकारी दिए।

साथै, नेपाल भाषा र मैथिली भाषामा समाचार संप्रेषण गरिसकेको र नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रशारणको दायित्व पनि पूरा भएको उल्लेख गरे।

रेडियो नेपालमा थप एक नयाँ भाषा, दनुवार भाषा, समावेश गरिएको जानकारी दिँदै उनले हजार अडियो रेकर्ड डिजिटलाइज गर्ने कामसमेत सम्पन्न भएको जनाए।

मन्त्री गुरुङले सहकारी प्रतिवेदन कार्यान्वयन प्रक्रियामा रहेको र प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु भइसकेको जानकारी गराए।

साथै, गोरखापत्रका ८ वर्ष पुराना रेकर्डहरूको डिजिटल आर्काइभिङ्ग कार्य पूरा भइसकेको र राना थारु भाषामा समाचार प्रकाशनको काम पनि सम्पन्न भएको सुनाए।

प्रकाशित: ४ कार्तिक २०८१ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App