३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले पार्टी भवन बनाउन रास्वपाद्वारा एक रुपैयाँ दान संकलन !

<br>

<br>

नेकपा एमालेको पार्टी कार्यालय भवन बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जग्गा दान गरेको कुरालाई लिएर रास्वपाका कार्यकर्ताहरूले व्यङ्ग्य गर्दै "एक रुपैयाँ दान संकलन" कार्यक्रमको नाममा विरोध प्रदर्शन गरेका छन्।

शनिबार माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध नाराबाजी गर्दै व्यङ्ग्यपूर्ण शैलीमा एमालेको भवन निर्माणलाई लिएर आलोचना गरेका हुन्।

रास्वपा सभापति लामिछानेलाई सहकारी रकम हिनामिनाको आरोपमा शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो। सोहीको विरोधमा रास्वपा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट-भूटानी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कारबाही र निर्दोषलाई बचाउनुपर्ने भन्दै सरकारको आलोचना गरे।

लामिछानेलाई अदालतको अनुमति पछि पक्राउ गरी पोखरा पठाइएको छ। उनीमाथि सहकारी ठगी र संगठित अपराधका आरोपमा अनुसन्धान भइरहेको छ।

उनीमाथि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App