१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली काठमाडाैं ओर्लिँदा आधा घण्टा अन्य उडानमा रोक

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्।

सोमबार दिउँसो ४ः१५ मा प्रधानमन्त्री ओली चढेको जहाज विमानस्थलमा अवतरण भएको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए।

प्रधानमन्त्री ओली सवार जहाज अवतरण हुँदा विमानस्थलबाट बाँकी उडान आधा घण्टाका लागि रोकिएका छन्।

विमानस्थल प्रमुख निरौलाका अनुसार विमान अवतरण हुनुअघि झण्डै १५ मिनेटअघि देखि अवतरण भएर भिभिआइपी कक्षमा पुग्दासम्म अन्य उडानका कार्यक्रम रोकिएको हो।

ओलीको अवतरणका लागि काठमाडौंमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको थियो।

प्रकाशित: १४ आश्विन २०८१ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App