४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कृषि क्षेत्रका समस्या छिटै समाधान गर्छौंः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए।

उनले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताए। उनले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गरे।

देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने उनले बताए। उनले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताए। उनले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताए। 

प्रकाशित: १ आश्विन २०८१ १३:१२ मंगलबार

#Ramnatha Adhakari