३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रवि लामिछानेले क्लिन चिट पाउनुभयो: उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगिको आरोपमा क्लिन चिट पाएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको उल्लेख गरेका हुन्।

उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको जिकिर गरे। लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको सुनाए।

उहनले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताए। उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने पनि उल्लेख गरे।

प्रकाशित: ३१ भाद्र २०८१ १६:५३ सोमबार