१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

इन्जिनियर एसोसिएसनको निर्वाचनमा छानी छानी युवाहरूलाई मतदान गर्नुस्: मैनाली

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा युवाहरूलाई मतदान गर्न आग्रह गरेका छन्।

प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा बुधबार उद्घाटन गर्दै मैनालीले यस्तो आग्रह गरेका हुन।

इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो सीमान्तवाद रहेको भन्दै मैनालीले भने, "मुलुकका कैयाैं क्षेत्रमा सक्षम युवाहरू शीर्ष नेतृत्वमा पुगेर युवा क्षमतालाई साबित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा युवा उम्मेदवारलाई हल्का रुपमा लिने/उडाउने ट्रेड छ। यसलाई फेरौँ। बरु दल नहेर्नुस्। हरेक दलका युवा उमेदवारहरुलाई छानी छानी मतदान गर्नुस्।"

जति ठूलो भ्रष्टाचारी, त्यति धेरै पैसा, उति नै धेरै भोटको परम्परा तोडेर नयाँ कीर्तिमान बनाउन इन्जिनियरहरूलाई मैनालीको सुझाएका थिए।

प्रकाशित: २६ भाद्र २०८१ २१:२३ बुधबार