१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चर्को विरोधपछि मन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्री वाद शाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन्।

अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मी लाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो। उनलाई मन्त्री पद बाट हटाउन कांग्रेसलाई दबाब समेत बढेको थियो।

बाकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ। आफू माथि यो मुद्दाको आरोप लागेपछि कुर्मीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

आफूमाथि लागेको आरोप माथि निष्पक्ष छानबिनमा सहज बनाउन भन्दै कुर्मीले राजीनामा दिएको सचिवालयले जनाएको छ। कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मन्त्री कुर्मीले राजीनामा दिएको पुष्टि गरे। 'उहाँ (कुर्मी) ले मन्त्री पदबाट राजीनामा दिनु भएको छ,' नेता चौधरीले भने। कुर्मी कांग्रेसका सांसद हुन।  

प्रकाशित: २५ भाद्र २०८१ १८:३४ मंगलबार

#Lumbini Province #Bad saha Kurmi