१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

फरार सूचीमा रहेका सांसद ३३ वर्षपछि जेल चलान

लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्।

आइतबार दिउँसो रुकुम जिल्ला अदालत पुगेर केसीले आत्मसमर्पण गरेको श्रेस्तेदार इश्वरी सुवेदीले जानकारी दिए।

उनलाई आइतबार नै कारागार चलान गरिएको उनले बताए। सुवेदीले भने, 'उहाँको २०४८ सालतिरको मुद्धा रहेछ। खाज अदालत आएर आत्मसमर्पण गर्नुभएको थियो। उहाँलाई आज नै करागार चलान गरिएको छ।'

साविक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।

प्रकाशित: २३ भाद्र २०८१ १७:०९ आइतबार

#Lumbini Province #Dhana badhur Kc