२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थकान महसुस भएपछि प्रधानमन्त्रीद्वारा शुक्रवारका आफ्ना कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि शुक्रवारको सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्यमा जटिल समस्या भने छैन। अहिले उनी घरमै आराम गरिरहेका छन्।

निरन्तरको कामकाजको व्यस्तताका कारण थकान महसुस गरेपछि प्रधानमन्त्री ओलीले स्वेच्छिक रुपमा आराम गर्न चाहेको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८१ १३:४० शुक्रबार