२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

बंगलादेशी विद्यार्थीमाथि भएको हिंसाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

बंगलादेशमा आन्दोलनरत विद्यार्थीमाथि भएको हिंसाको विरोधमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले उक्त प्रदर्शन गरेको हो।

बंगलादेशका विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूले त्यहाँ भइरहेको हिंसा रोक्न माग गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशी विद्यार्थीको पक्षमा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका थिए।

ढाकामा आक्रोशित भीडले धेरै सरकारी भवनमा आगो लगाइरहेका छन्। प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसम इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा त्यहाँ करिब ३० जनाले ज्यान गुमाइसकेका छन्।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ५ श्रावण २०८१ १९:०५ शनिबार