नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। उद्घाटन सत्र हुनुअघि काठमाडौँमा र्याली निकालिएको छ।
महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालिएको हो।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।
प्रकाशित: १६ असार २०८१ १३:३६ आइतबार