५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्छ’

नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन्।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्नेमा जोड दिए। नेपाली भूमिभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने उनको भनाइ थियो।

उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताए। बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिन सक्ने देशहरुमा राजदूतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

‘हाम्रो राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र चाहियो। सानै लेभलमा भएपनि बनाऔँ। आँट गरौँ। प्रधानमन्त्रीको मातहतमा बनाऔँ। हाम्रो देशको विरुद्ध यो भुमिभित्र कस्ता–कस्ता षड्यन्त्र भइरहेका छन् र तिनीहरुलाई कसरी काउन्टर गर्ने भन्ने कुरा एउटा स्वतन्त्र देशले सोच्नुपर्दैन ? सोच्नुपर्छ। प्रधानमन्त्रीज्युले सोच्नुस्। आँट गर्नुस्। यो विषयलाई गम्भीरतापूर्वक लिनुस्।’ उनले भने।

उनले भारत, चीन र अमेरिकामा क्षमतावान् व्यक्तिहरुलाई राजदूत बनाएर पठाउनुपर्ने बताए। त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदूत बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ४ असार २०८१ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App