१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरका मान्छे राखे, जवाफ चाहियो: कांग्रेस

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्रीले भारतको प्रधानमन्त्री भेट्दा प्रोटोकल भन्दा बाहिरको मान्छे राखेको बताएको छ। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले भारत भ्रमणमा रहँदा भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरको मान्छे राखेको बताएका हुन्।

उनले भने, 'प्रधानमन्त्री भारत भ्रमणमा रहँदा भारतका प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकल बाहिरको मान्छे राखेको देखियो। त्यसको बारेमा उहाँले जवाफ दिनुपर्छ।'

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा भएका छलफलको बारेमा संसद्मा जानकारी गराउन पनि माग राखेका छन्। 

प्रकाशित: ३० जेष्ठ २०८१ १२:२४ बुधबार

#Ramhari Khatiwada #congress