२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। 

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा दुई प्रधानमन्त्रीबीच विगतमा भएका समझदारी एवं सम्झौताका विषयमा विचार-विमर्श भएको थियो।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार भारतको नयाँदिल्ली गएका थिए।

प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि छन्।

प्रधानमन्त्री दाहाल आज साँझ  स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App