१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो : अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो।

प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रुपमा पेचिलो बन्दै गएको बताए।

अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको र नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको उनको भनाइ छ।

पहिला संसदको लोगो फुकालेर सार्वजनिक सवारी साधनमा चढ्नुपर्ने स्थिति रहेको भएपनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको बताए।

उनले जनताले बाटोबाटोमा यी सांसदहरु भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउनसक्ने बताए।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आइतबार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App