१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री किराँतीको आग्रहः अग्रज नेताहरुले मिलेर मुलुकमा गरिबि अन्त्य गरिदिनुस्

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन्।

अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबिको अन्त्य तत्काल नगरे इतिहासले उनीहरुलाई माफी नदिने उनको निष्कर्ष छ।

शनिबार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरु विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले मुलुकमा सुशासन र गरिबिको पक्षमा काम गर्न आफूहरुले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे। मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि उल्लेख गरे।

‘म आग्रह गर्न चाहन्छु–अग्रज नेताहरू, तपाईँहरूले मिलेरै राजा फालेको हो। निरंकुशताको अन्त्य गरेको हो। तपाईँहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्। गरिबिको अन्त्य गरिदिनुस्। तपाईँहरूलाई कति हामीले बोक्नुपर्ने, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं। तर अब पनि ढिलो भयो भने चाहिँ समयले हामी कसैलाई पर्खने छैन। र माफी इतिहासले दिनेछैन।’

मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने पनि बताए।

प्रकाशित: १२ फाल्गुन २०८० १७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App