२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा नव नियुक्त मन्त्रीहरूले लिए सपथ

कोशीका नव नियुक्त मत्रीहरूले सपथ ग्रहण गरेका छन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष नवज नियुक्त चार मन्त्रीले र मुख्यमन्त्री केदार कार्की समक्ष दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन्। 

शुक्रबार ४ मन्त्री र २ राज्य मन्त्री थपिएसँगै कोशीमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ। शुक्रबार मुख्यमन्त्री केदार कार्कीले स्वास्थ्य मन्त्रीमा काँग्रेसका प्रदिप सनुवार, सामाजिक विकास मन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा काँग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गरेका थिए। उनले दुई जना काँग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन्।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्। यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगुलाई नियुक्त गरिसकेका छन्।

प्रकाशित: २६ माघ २०८० १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App