१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गण्डकीमा अहिलेसम्म २ सय ३० मतदातामध्ये २ सयले गरे मतदान

राष्ट्रिय सभाका लागि ३ सदस्य चयन गर्न गण्डकीमा निर्वाचन भइरहेको छ। राष्ट्रिय सभाका लागि गण्डकीमा रिक्त ३ सदस्य चयन गर्न अहिले मतदान भइरहेको हो।

गण्डकी प्रदेश निर्वाचन कार्यालयमा पूर्वाह्न ९ बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ। हालसम्म करिब ९० प्रतिशत मतदान भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेशका ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७० जनासहित कुल २३० जना मतदाता रहेका छन्। जसमध्ये पूर्वाह्न ११ः३० बजेसम्ममा ४८ जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका १७० जना मध्ये १५२ जनाले मतदान गरिसकेको कार्यालयले जनाएको छ।

गण्डकीमा ३ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। गण्डकीमा अन्यतर्फ १, अपाङ्गता तथा अल्पसंख्यकतर्फ १ र महिलातर्फ १ सदस्यका लागि निर्वाचन भइरहेको हो। अपाङ्गता तथा अल्पसंख्यकतर्फ काँग्रेसका पदमलाल परियार (तनहुँ) र महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत) उम्मेदवार छन्।

नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ एमालेबाट सम्झना देवकोटा (गोरखा) उम्मेदवार छन्।

त्यस्तै, राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारी (कास्की) र महिलातर्फ गौमाया श्रेष्ठ (तनहुँ) उम्मेदवार छन्।

गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ। गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ।

गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन्। प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानीय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ।

काँग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको  ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ। जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो।

नेकपा एमालेको २ मतभार छ। राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ।

प्रकाशित: ११ माघ २०८० ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App