काठमाडौँ – पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ।
एमाले र माओवादीबीच विहीबार भएको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने भएको छ। आफ्नो भागमा परेको १० मन्त्री छान्न शुक्रबार विहान ९ बजेदेखि एमाले छलफलमा जुटेको हो।
फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि ओलीले अहिलेसम्म आफ्नो मन्त्रिमण्डलमा २ जना बाहेक अन्य मन्त्री थप्न सकेका छैनन्।
श्रोतका अनुसार एमाले र माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ११ फाल्गुन २०७४ ०३:३२ शुक्रबार