१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो होः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन्।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले यस्तो बताएका हुन्।

उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए। नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा उनले राप्रपालाई धन्यवादसमेत दिए।

उनले भने, ‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ। यो राम्रो काम गर्नुभएको छ।’

प्रकाशित: २७ पुस २०८० ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App