७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन: गण्डकीमा ३ स्थानका लागि ८ जनाको उम्मेदवारी

सत्ता गठबन्धन, एमाले र राप्रपाद्वारा उम्मेदवारी दर्ता

सत्ता गठबन्धनका उम्मेदवारहरू क्रमशः बायाँबाट किरणबाबु श्रेष्ठ, पदमलाल परियार र मनरुपा शर्मा। तस्बिर: उमेश पुन/नागरिक

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन्। राष्ट्रिय सभामा गण्डकीबाट हुने ३ सदस्यका लागि उनीहरुले आज मनोनयन दर्ता गरेका हुन्।

गण्डकीमा सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दर्ता गरेका छन्। जसमा अन्यतर्फ काँग्रेसका किरणबाबु श्रेष्ठ (बागलुङ), अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ काँग्रेसकै पदमलाल परियार र महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत)ले उम्मेदवारी दर्ता गरेकी छन्।

नेकपा एमालेबाट अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दर्ता गरेका छन्।

राप्रपाका उम्मेदवारहरू बायाँबाट क्रमशः  रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ।

यसै गरी, राप्रपाले दुई स्थानमा उम्मेदवारी दिएको छ। राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारीले उम्मेदवारी दिएको छ भने महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएकी छन्।

राष्ट्रिय सभामा गण्डकीबाट ३ स्थान रिक्त छ। राष्ट्रिय सभामा गण्डकीमा खुल्ला (अन्य), अल्पसंख्यक तथा अपाङ्गता र महिला गरेर ३ स्थान रिक्त रहेको हो। रिक्त स्थानका लागि आगामी माघ ११ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ।

प्रकाशित: २३ पुस २०८० ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App