५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्।

दाङकी तुलसा केसीले महिला सिटमा र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहेका छन्। यसैगरी घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने  र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन्।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुँदैछ। यो प्रदेशमा ८७ प्रदेश सभा सदस्य र स्थानीय तहका २ सय १८ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन्। यो प्रदेशमा कुल मतभार ८ हजार ७ सय ५३ छ।

प्रकाशित: २३ पुस २०८० ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App