८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल बागलुङमा

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएपुगेका छन्। आज बिहान १० बजेर दुई मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन्। बागलुङ नगरपालिका ४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन्।

राष्ट्रपति पौडेल सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका हुन्। यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्ने छन्। मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका ४ कुँडुलेस्थित सालिग्राम संग्र्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

कोरोना संक्रमणका कारण अघिल्लोपटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो। यसअघि २०७६ सालमा महोत्सव भएको थियो।  महोत्सव आजदेखि सुरु भएर पुस २१ सम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ। महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन्। महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ।

महोत्सवमा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ। मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको संघले जनाएको छ। –रासस

प्रकाशित: ११ पुस २०८० ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App