२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री किराँती भन्छन्ः म सबैको अभिभावक हुँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका हुन्।

उनले भनेका छन्, 'भन्नलाई त मलाई: पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।'

बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ।

प्रकाशित: ५ पुस २०८० ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App