५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, निर्णय पुस ४ मा

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ।

शुक्रबारबाट सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको सुरु भएको सुनुवाइ सोमबार सकिएको हो।

अब उनीहरुको नाम अनुमोदनका लागि पुस ४ गते बस्ने सुनुवाइ समितिको बैठकले निर्णय गर्नेछ। 

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सुवेदी, मुसलमान, पौडेल, ढुंगाना, पोखरेल र ढकालको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २ पुस २०८० १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App