२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यो सरकार कसैले ढाल्नु पर्दैन, आफैँ हल्लिरहेको छः ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ की रहँदैन? भन्ने आशंका रहेको बताएका छन्।

शुक्रवार डडेलधुरामा आयोजिच महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताए। उनले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए। वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने उनको भनाइ छ। उनले नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको बताए।

उनले भने, ‘सरकारका वरिपरिका मानिसहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। सत्ताधारीहरुको प्रचार अभियान एमाले, केपी ओली, एमालेका नेताहरुको बिरुद्ध, भ्रष्टाचारको विभिन्न नचाहिने कुरा उचालेर बसेको छ। जनतालाई अल्मल्याउने काम गरिरहेका छन्। नेकपा एमाले देश बनाउने संकल्प बोकेर हिँडेको पार्टी हो। यो सुन तस्करी, कमिसनखोरी, भ्रष्टाचारमा लाग्दैन। देश बनाउने काममा लाग्छ। यो गठबन्धन कथं कदाचित टिक्यो भनेपनि सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्नेछ। यदी ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ की रहँदैन? देश बर्बाद त भइसक्यो। अझै बर्बाद हुनेछ। त्यसकारण ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ। यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ। चर्याकमर्याक छ। यो सरकार कुनै समय आफैँ ढल्न सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन। यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो। यसका कुनै सिद्धान्त छैन, नीति छैन। यो सरकार माओवादीको प्रचण्डको नीतिमा हिँड्न खोजेको छ, सकेको छैन। नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको छ।’

प्रकाशित: १५ मंसिर २०८० ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App