६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको संयुक्त बैठक आज सकिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदै छ। मधेश प्रदेशको महोत्तरीको जलेश्वरमा सोमवारबाट सुरु भएको बैठकको अन्तिम दिन आज पनि विभिन्न विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्। यस्तै पार्टीको नीति तथा विचारलाई कसरी जनमानसमा पुर्‍याउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

यसअघि दोस्रो दिनको बैठकमा विभिन्न प्रतिवेदनहरू पेस तथा तीनमा छलफल भएको थियो।  

प्रकाशित: १३ मंसिर २०८० ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App